गृह र उपराष्ट्रपति कार्यालयका सचिवको राजीनामा स्वीकृत

काठमाडौँ, १९ माघ । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यको राजीनामा स्वीकृत भएको छ । २२ माघदेखि सेवानिवृत्त हुने क्रममा रहेका सचिवद्धय राई र आचार्यले दिएको राजीनामा सरकारले स्वीकृत गरेको हो । गृह सचिव राईको राजीनामा २० माघदेखि लागू हुनेगरी स्वीकृत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । उपराष्ट्रपति…