काठमाडौँ, २० पौष । संघीय सरकारका विभिन्न निकायमा पनि सेवा प्रवाह गर्दा घुस असुल्ने प्रवृत्तिमा कमी आउन सकेको छैन । सेवा प्रवाहका नाममा सरकारी कार्यालयका कर्मचारीले सर्वसाधारणसँग घुस असुल्ने क्रम अहिले पनि यथावत् रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले गरेको अध्ययनअनुसार संघीय सरकारअन्तर्गत रहेका विभिन्न सरकारी कार्यालय भ्रष्टाचारको उच्च जोखिममा रहेका छन्…