मेलम्ची खानेपानी आयोजनाः गिट्टी र बालुवा आपूर्तिकर्ताले भुक्तानी पाउने

काठमाडौँ, १८ पौष । पुरानो ठेकेदार कम्पनी इटालीको सीएमसीबाट भुक्तानी पाउन बाँकी गिट्टी र बालुवा आपूर्तिकर्ताहरुले मेलम्ची खानेपानी आयोजना कार्यालयबाट भुक्तानी पाउने भएका छन् । उनीहरुले कुल करीब डेढ करोड रुपैयाँ प्राप्त गर्ने भएका हुन् । सीएमसीलाई आपूर्ति गएिको सामान र त्यसका लागि आपूर्तिकर्ताले प्राप्त गर्न बाँकी रहेको रकमका सम्बन्धमा अध्ययन गर्न एक प्राविधिक समिति गठन…