कालापानी विवादमा सरकार कानमा तेल हालेर बस्यो : सभापति देउवा

पोखरा, ८ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी विवादमा सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका छन । पोखरा-१६ मा आयोजित उपनिर्वाचन लक्षित चुनावी सभालाई सम्वोधन गर्दै सभापति देउवाले भने, हामीले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भूभाग फिर्ता ल्याउन पहल गर, हामी साथ दिन्छौं भन्यौं । सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र…