वीरगञ्ज, २७ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले राष्ट्रियताको सवालमा सरकारले खुट्टा नकमाउने दृढता व्यक्त गर्नुभएको छ । वीरगञ्जमा मंगलबार आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री अर्यालले लिपुलेक र कालापानी नेपालकै भएको बताउँदै भन्नुभयो, ‘राष्ट्रियताको सवालमा दुई तिहाइको सरकारले खुट्टा कमाउने कुरै छैन । लिपुलेक र कालापानी…