काठमाडौँ, २३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका छन । नापी विभागले प्रस्तुत गर्ने नक्सा तथा अरु तथ्य प्रमाणका आधारमा छलफल गर्ने र सुझावसहितको निष्कर्षका आधारमा भारतसँग कुरा गर्ने योजनामा प्रधानमन्त्री रहेका सचिवालयले जनाएको छ । दिउँसो हुने छलफलमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीलगायत…