काठमाडौँ, १२ मंसिर । तेस्रो मुलुकसँगको व्यापारका लागि नेपाललाई भारतीय जलमार्गको प्रयोग गर्न दिन तथा नेपालका थप दुई नाकामा बल्क कार्गो सुविधा दिन नेपाल र भारतबीच सहमति भएको छ । बुधवार काठमाडौंमा सम्पन्न नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन सम्बन्धी प्राविधिक समितिको बैठकमा नेपालको पारवहनका लागि आन्तरिक जलमार्ग उपयोग गर्न जलमार्ग तथा बहुविधिक ढुवानी रूटहरू, ढुवानीका प्रक्रियाहरू,…