आज बंगलादेशी राष्ट्रपति नेपाल आउँदै, यस्तो छ कार्यक्रम

काठमाडौँ, २६ कार्तिक । नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहनेछन्…