समाजवादीसँग तत्काल एकताको सम्भावना छैन : संयोजक महतो

लहान, ९ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । संयोजक महतोले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले तत्काल एकताको सम्भावना नरहेको बताउनुभयो । लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीहरुसँग एकताको कुरा भइरहेको उल्लेख…