काठमाडौँ, ८ मंसिर । गृह मन्त्रालयले यही मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो । उक्त जारी सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को…