सीमा समस्या समाधान गर्न वर्तमान सरकार सफल हुन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ, ३० कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँगको सीमा विवाद समाधान गर्न वर्तमान सरकार सफल हुने बताउँदै तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले लिम्पियाधुरा, कालापानीलगायतका नेपाली भूमि भारतले अतिक्रमण गरेको उल्लेख गर्दै यो समस्याको समाधान गर्न उच्चस्तरीय राजनीतिक कूटनीतिक संवादको…