काठमाडौँ, २६ कार्तिक । नेपालबाट विशिष्टीकृत शीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा त्यस्तो प्रस्ताव गरेको हो । जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको…