काठमाडौँ, ३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै आगामी शुक्रबार र शनिबार बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको जनाएको छ । परराष्ट्रमन्त्रालयका अनुसार, प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका…