एकता नगरे राजपाको अन्त्य सुनिश्चित : मन्त्री यादव

सप्तरी, २४ असोज । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीसँग एकता नगरे राष्ट्रिय जनता पार्टी ९राजपा०को अन्त्य हुने चेतावनी दिनुभएको छ । समाजवादी पार्टीको राजविराज नगर समितिले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राजपालाई आफ्नो पार्टीसँग एकीकरण गर्नुबाहेकको विकल्प नै नभएको बताउँदै भन्नुभयो, ‘राजपालाई समाजवादीसँग एकीकरण गर्नुको विकल्प छैन…