बागेश्वरी मन्दिरको सम्पत्ति सार्वजनिक : ८४ बिगाहा व्यक्तिको नाममा गएको कागज भेटिएन

काठमाडौँ, ५ असोज । नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरको ८४ बिगाहा जमिन व्यक्तिको नाममा नामसारी भएको कागजात फेला पार्न सकिएको छैन । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगन्जले करिब दुई वर्षको अवधिमा मन्दिरको सम्पत्ति खोजबिन गर्दा इन्द्रपुरमा रहेको ८४ बिगाहा १० कठ्ठा १० धुर जग्गा कसरी व्यक्तिको नाममा गयो भन्ने पत्ता लगाउन नसकेको हो । समितिले…