काठमाडौँ, २६ चैत । नेपाल शिक्षक महासंघको आह्वानमा विद्यालय शिक्षा विधेयक संसद्बाट पारित गरी शिक्षा ऐन निर्माण गर्नुपर्ने मागसहित देशभरिका शिक्षकहरू आन्दोलनमा छन् । शिक्षकहरू आन्दोलनमा भइरहेको बेला मध्यमार्गी रूपमा प्याब्सन र नेसनल प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेसनल प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष सुवास न्यौपाने र प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त रूपमा…