प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुने

काठमाडौँ, २१ चैत । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार अपराह्न थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता तय भएको छ । मोदी बस्ने म्यान्डेरियन ओरिन्टल होटेलमा दुई प्रधानमन्त्रीबिच प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । परराष्ट्र मन्त्रालयको प्रोटोकल डिभिजनले तयार पारेको कार्यतालिकाअनुसार प्रधानमन्त्री ओली र मोदीबिच शुक्रबार अपराह्न ४ बजेदेखि ४:२० सम्म २० मिनेट प्रधानमन्त्रीसहित सातजना प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । ओली…