चुनावबाट भाग्दैनौँ : एमाले

काठमाडौँ, १२ मंसिर । नेकपा (एमाले)का नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई पार्टी चुनावबाट नभाग्ने बताएका छन् । बिहीबार महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौलाले बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा भागेका कैदीबन्दी, लुटिएका हतियारको विषयले भयरहित चुनावको वातावरण नरहेको बताएका हुन् । चुनावका लागि आफूहरूले वातावरण खोजिरहेको प्रधानमन्त्रीलाई बताएको बर्तौलाले सुनाए । अदालतले संवैधानिक परीक्षणको बाटो टुंग्याएपछि…