प्रधानसेनापति सिग्देल र भारतीय सेनाका केन्द्रीय कमान्डका लेफ्टिनेन्ट सेनगुप्ताबीच भेटवार्ता

काठमाडौँ, १० मंसिर । नेपाल भ्रमणमा आएका भारतीय सेनाका केन्द्रीय कमान्डका लेफ्टिनेन्ट जनरल अनिंद्य सेनगुप्ताले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् ।  हिजो नेपाल आइपुगेका जनरल सेनागुप्ता आज सैनिक हेडक्वार्टर भद्रकाली गएर प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । दुई जनाको भेटघाटमा नेपाल र भारतको सुरक्षा सहयोगलाई अझ कसरी सुदृढ पार्ने विषयमा कुराकानी भएको बताइएको…