जसपाका प्रदेश अध्यक्ष यादवद्वारा राजीनामा

काठमाडौँ, ११ मंसिर । जनता समाजवादी मधेश प्रदेश अध्यक्ष अशोककुमार यादवले पार्टी छाडेका छन् । आज अध्यक्षलाई सम्बोधन गर्दै उनले प्रदेश अध्यक्षको जिम्मेवारीसँगै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । देशको अहिलेको राजनीतिक अवस्थामा देश र मधेशको विकास तथा अधिकारको रक्षा मधेश केन्द्रित दलहरूबाट सम्भव नहुने उनको निचोड छ । ‘मधेशी जनअधिकार फोरम…