सरकारले ठूलो संख्यामा अस्थायी कर्मचारी भर्ना गर्ने

काठमाडौँ, १० साउन । नेपाल सरकारले विभिन्न आयोजना सञ्चालनका लागि सरकारले ९८९ जना अस्थायी कर्मचारी भर्ना गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले विभिन्न आयोजना सञ्चालनका लागि खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा राजपत्रांकित श्रेणीका अस्थायी दरबन्दी…