प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल

काठमाडौँ, ३१ असार । पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ । सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले…