प्रमाणपत्रमा बिचौलियाको चलखेल, विभागदेखि वडावडासम्म बिचौलियाकै भीड

काठमाडौँ, २८ असार । भवन निर्माण इजाजतविपरीत निर्माण भएका घरलाई निर्माण सम्पन्नता प्रमाणपत्र दिलाउन विचौलियाको चलखेल राजधानीमा तीव्र बढेको छ । प्रमाणपत्र दिने निकायले विचौलियालाई हकार्दै कार्यालय परिसरबाट धपाउँदै आए पनि घरधनी नै विचौलियाको शरणमा पुगेपछि काम गर्न असजिलो भएको महानगरपालिका अधिकारीहरू बताउँछन् । काठमाडौँ महानगरपालिका भवन निर्माण इजाजत विभागका विभागीय प्रमुख एवम् आर्किटेक्ट इन्जिनियर…