काठमाडौँ, २७ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पाण्डितमाथि सार्वजनिक कार्यक्रममा दुव्र्यवहार भएको छ । आज ललितपुरको जाउलाखेलमा आयोजित आदीवासी जनजातीको एक कार्यक्रममा सहभागी हुन गएका मन्त्री पण्डितमाथि आदिवासी जनजातिका युवा विद्यार्थीको एक समूहले कार्यक्रम स्थलमा पसेर नाराबाजी गरेका थिए । बैठक बसिरहेको बेलामा कालो झण्डासहित पुगेका उनीहरुले मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी…