कांग्रेसले सरकारी कामको अनुगमन गर्ने

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा सरकारले गरेको कामको अनुगमन पनि गर्ने भएको छ । कांग्रेसले राजनैतिक पूर्वाग्रह त्यागेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका सबै सदस्यहरुलाई समेत निर्देशन दिएको छ ।