काठमाडौँ, ३० जेठ । नेपाल निर्वाचन आयोगमा बाबुराम भट्टराईको नयाँ शक्तिनेपाल र उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल बीच एकीकरण भई बनेको समाजवादी पार्टी दर्ता हुने भएको छ । समाजवादी पार्टीका अनुसार चुनाव चिन्ह र झण्डाबारे आजै बस्ने पदाधिकारीको बैठकले टुँगो लगाएर शुक्रबार दिउँसो साढे १२ बजे दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी रहेको जनाएको…