काठमाडौँ, १७ जेठ । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुर्तीजन्य पदार्थको जनचेतना नै नियन्त्रणको सबैभन्दा राम्रो माध्यम रहेको बताएका छन । शुक्रबार काठमाडौँमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा विश्व धूमपान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले सुर्तीजन्य पदार्थ सेवन गर्न कानूनले निषेध गर्नेभन्दा यसले पार्ने असरका बारेमा जनचेतना जगाई नियन्त्रण गर्न आवश्यक रहेको बताए…