बुद्ध जयन्ती तथा उभौली पर्वको राष्ट्रपति भण्डारीद्वारा शुभकामना

काठमाडौँ, ४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धको २५६३ औँ जन्मजयन्ती तथा किराँतको उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । बुद्धको…