काठमाडौं, २ जेठ । बरिष्ठ अधिवक्ता एवम् मानवअधिकारकर्मी दिनेश त्रिपाठीले प्रेस तथा मानवअधिकारलाई कुण्ठित गर्दै सरकारले संविधानलाई मृत्त बनाइसकेको बताउनुभएको छ । नेपाल मानव अधिकार संगठनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा वोल्दै उहाँले संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुति गरिसकेकोले यो कुरा शासकलाई थाहा हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले संविधानलाई सजावटको वस्तु बनाएको छ…