अध्यक्ष थापाको नेतृत्वमा २५ पधाधिकारी मनोनयन

काठमाडौँ, १३ चैत । अध्यक्ष कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विधान बमोजिम पधाधिकारी थप गरेको छ । मंगलबार पार्टीको विधान अनुसार अध्यक्ष थापाले पदाधिकारीको संख्या थप गर्दै दुई जनालाई बरिष्ठ उपाध्यक्षमा मनोनित गरेका हुन्।  पार्टीले विभिन्न पदमा २५ जना पधाधिकारीलाई वरिष्ठ उपाध्यक्षदेखी केन्द्रीय सदस्यसम्म मनोनयन गरिएको छ ।