जनकपुरधाम, ७ जेठ । मुख्यमन्त्री लालबाबु राउतले शौचालय बनाउन नसक्नेलाई सार्वजनिक शौचालय बनाइदिने बताएका छन । मंगलबार जनकपुरधाममा आयोजित खुला दिशामुक्त अभियान सम्बन्धी कार्यशालामा बोल्दै मुख्यमन्त्री राउतले धनुषा र महोत्तरी जिल्लालाई खुला दिशामुक्त अभियानमा सहयोग गर्नको लागि प्रदेश सरकार तयार रहेको बताए । मुख्यमन्त्री राउतले शौचालय बनाउन सक्ने अवस्थामा नरहेको जनताको लागि प्रदेश सरकारले सार्वजनिक…