राजनीति

नेपाली नागरिकको दुःखका दिन समाप्त : मुख्यमन्त्री राई



ओखलढुङ्गा, ६ जेठ ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली नागरिकका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन ।

रुम्जाटारबाट राजधानी बिराटनगर फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कासको अभावमा नेपाली नागरिकले भोग्नुपर्ने दुःख अब सकिएको बताएका छन ।

उनले भने, घरघरमा उज्यालो, गाउँगाउँमा सुविधायुक्त सडक, स्वच्छ पिउने पानी, शिक्षा, स्वास्थ्य र सिँचाइको सुविधा नागरिकको चाहनाबमोजिम हामी उपलब्ध गराउने अभियानमा छौँ । समय केही लाग्ला तर सबै प्रकारका गरीबी र बेरोजगारी हटाउने अभियानमा हाम्रो ध्यान केन्द्रित छ ।’

केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको साझा अभियानमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान चलाएकाले नागरिकको चाहनाअनुसारको विकास हुने बताए ।

मुख्यमन्त्री राईले यसअघि रुम्जाटार बौद्ध गुम्बाको उद्घाटन, रुम्जाटार स्मार्टसिटीको सम्भाव्यता अध्ययन, बेलायत रहेका नेपालीको  सांस्कृतिक तथा सम्मानलगायत कार्यक्रममा सहभागी भएका थिए ।