राजनीति

प्रतिनिधिसभामा ५ वटा प्रतिवेदन र ८ वटा विधेयक प्रस्तुत



काठमाडौँ, ६ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा ५ वटा प्रतिवेदन र ८ वटा विधेयक प्रस्तुत भएका छन् ।

सोमबार ११ बजेदेखि सुरु भएको उक्त बैठकमा :

१, प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुनमन्त्री भानुभक्त ढकालले महालेखापरीक्षकको ५६ औं वार्षिक प्रतिवेदन २०७५, नेपाल सरकारको आर्थिक वर्ष २०७४/०७५ को सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेको काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७४/०७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

२. अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले आर्थिक वर्ष २०७६/०७७ को पूर्वबजेट छलफल कार्यक्रम सम्बन्धी प्रतिवेदन २०७६ पेश गरेका छन् ।

३. कृषि, सहकारी तथा प्राकृतिक समितिका सभापति पूर्णकुमारी सुवेदीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०७५/०७६ पेश गरिन् ।

४. प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ प्रस्तुत गरेका छन ।

५, गृहमन्त्री रामबहादुर थापाले प्रहरी समायोजन विधेयक, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन र औद्योगिक व्यवसाय विधेयक बैठकमा प्रस्तुत गरेका छन् ।

६. वनमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक २०७५ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी आठौँ संशोधन विधेयक २०७५ प्रस्तुत गरेका छन् ।