राजनीति

संसद बैठकमा आज : वार्षिक प्रतिवेदन पेश गरिने



काठमाडौँ, ६ जेठ । प्रतिनिधि सभाको संसद बैठकमा आज प्रतिवेदन पेश गरिने बताइएको छ ।

प्रतिनिधिसभाको बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन, २०७५’, नेपाल सरकारको आर्थिक वर्ष ०७४/७५ को ‘सुशासन र राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष ०७४र७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन’ पेश गर्ने बताइएको छ ।

अर्थ समितिका सभापतिकृष्ण प्रसाद दाहालले ‘अर्थ समितिद्वारा २०७६ वैशाख महिनामा आयोजित आ।व। ०७६र७७ को पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धी प्रतिवेदन, २०७६’ पेश गर्नेछन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन ०७५र७६’ पेश गर्नेछन् ।