काठमाडौं, ६ जेठ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने बताएका छन् । पार्टीनिकट अगुवा पत्रकारसँग पार्टी कार्यालय धुम्बाराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले विधेयकमा रहेको दण्ड जरिवानालगायत विषय संशोधन गरेर जान सकिने धारणा राखेका हुन् । ‘मिडिया काउन्सिल विधेयक अध्ययन गरेर नै ल्याइएको छ, तत्कालीन प्रेस चौतारीले उठाएका विषय समेटिएको छ…