राजनीति

श्रम कार्यालय व्यवस्थित गर्नुस्, आवश्यक जनशक्ति र स्रोत साधन उपलब्ध गराउँछौं : मन्त्री विष्ट



जनकपुर, ६ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले धनुषाको जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालय व्यवस्थित ठाउँमा सार्न निर्देशन दिनुभएको छ ।

कार्यालयको निरीक्षणमा पुगेका मन्त्री विष्टले कार्यालयलाई व्यवस्थित तवले सञ्चालन गर्न आवश्यक जनशक्ति तथा स्रोत साधन उपलब्ध गराउने बताउँदै तत्काल जनताको सेवालाई सहज हुने गरी व्यवस्थित गर्न निर्देशन दिनुभएको हो । मन्त्री विष्टले कर्मचारी र सेवाग्राहीसँग कुरा गरेपछि कार्यालय व्यवस्थित ठाउँमा सार्न निर्देशन दिनुभएको हो ।

कार्यालयमा कर्मचारी र स्रोत साधनको कमी हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेका खबर आइरहेका बेला मन्त्री विष्टले आवश्यक जनशक्ति र स्रोत साधन उपलब्ध गराउने भन्दै सेवाग्राहीलाई सेवा लिन समस्या नहुने गरी व्यवस्था गर्न निर्देशन दिनुभयो ।