राजनीति

नेकपा सचिवालय बैठक आज बस्दै



काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताले एकताको बाँकी काम टुंगो लगाउने गृहकार्यको लागी आज सचिवालयको बैठक बस्दै छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसहितका शीर्ष नेता एकतासम्बन्धी बाँकी काम टुंगो लगाउने गृहकार्यमा जुटेका हुन् ।

नेकपाको सचिवालय बैठक समेत बोलाइएको छ । बैठकमा एकतासम्बन्धी बाँकी काम टुंगो लगाउने विषयमा छलफल हुनेछ । बैठकबाट पोलिटब्युरो कमिटी गठन र केन्द्रीय सदस्यको कार्यविभाजनलाई टुंगो लगाउने तयारी छ ।