तिब्बती धर्मगुरु दलाई लामा अस्पतालमा भर्ना

एजेन्सी, २७ चैत । भारतमा निर्वासित जीवन विताइरहेका तिब्बती धर्मगुरु दलाई लामा बिरामी परेपछि अस्पताल भर्ना भएका छन् । ८३ वर्षिय लामा छातीमा सङ्क्रमण भएकोले उनलाई दिल्ली अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ । लामालाई केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको थियो । लामालाई छातीमा सङ्क्रमण भएको चिकित्सकले जनाएका छन् ।…