काठमाडौँ, ५ जेठ । मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो । महासंघको जेठ ६ गतेदेखि सुरु हुने दोस्रो…