राजनीति

कांग्रेस सभापति देउवाद्वारा बुद्ध जयन्ती तथा उभौलीको शुभकामना



काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादर देउवाले २५६३ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश व्यक्त्त गर्नु भएको छ ।

सभापति देउवाले शुभकामना सन्देश जारी गर्दै बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गर्नुभएको छ । सभापति देउवाले देशमा संविधानको कार्यान्वयन भइसकेको तर अब यो ऐतिहासिक उपलब्धी पछि जनतालाई आर्थिक विकास र शान्तिको खाँचो रहेको बताउँदै यसका लागि आफु हरेक प्रकृयाबाट लागि पर्ने बताउनुभयो ।

उहाँले दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव नभएको र त्यसका लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट लाग्नु पर्ने देखिएको छ । “नेपाली कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति हो । विगतका वर्षहरु अशान्ति र द्वन्दबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन सकेको छैन । शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसरहरु रहेका छन् ।” हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ’ शुभकाना सन्देशमा छ ।

सभापति शेर बहादुर देउवाले किरात समूदायको महान पर्व उभौलीको शुभकामना दिनुभएको छ । देउवाले उभौली पर्वले जनजिवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको बताउनु भएको छ । उभौली पर्वले नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव थप सुदृढ पार्न अभिप्रेरित गर्दै समृद्ध र विकसित समाज निर्माण र सद्भावना वढाउने काममा कोशेढुंगा सावित भएको बताउनु भएको छ ।

उभौली पर्वका अवसरमा सभापति देउवाले सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका राई, लिम्बू, याक्खा, सुनुवारलगायत किरात समुदायमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि शुभकामना व्यक्त र्गनुभएको छ ।