राजनीति

गाउँपालिका अध्यक्षको घरमा बम बिष्फोट



सप्तरी, ४ जेठ । सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिस्फोट भएको छ ।

शुक्रबार राति कुकर बम बिस्फोटबाट गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतका काका ७० वर्षीय श्यामानन्द गोईत घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राति करिब १२ बजेतिर नचिनेका मान्छेहरुको समूहले घरमा बम विष्फोट गराएको अध्यक्ष गोइतले जानकारी दिनुभयो ।

यसैबीच जयकृष्ण गोइत नेतृत्व जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले भ्रष्टाचारको बिरोधमा आफूहरुले बम विष्फोट गराएको भन्दै बिस्फोटको जिम्मा लिएको छ । उक्त समूहले जारी गरेको विज्ञप्तीमा भ्रष्टाचार९अपराध० जारी नै रहे यसभन्दा पनि उच्च स्तरको कार्वाही हुने चेतावनी दिइएको छ ।