मलेसिया नेपाली कामदारका लागि ‘कन्सुलर सेवा’ सञ्चालन हुने

काठमाडौँ, २३ चैत । मलेसियास्थित नेपाली दुतावासहरुले नेपाली कामदारका लागि विभिन्न स्थानमा कन्सुलर सेवा सञ्चालन हुने भएको छ । मलेसियास्थित नेपाली राजदूतावासले यही चैत ३० गतेदेखि वैशाख २१ गतेसम्म कन्सुलर सेवा शिविर सञ्चालन गर्न लागेको हो । राहदानी आवेदन संकलन, राहदानी जारी, यात्रा अनुमतिपत्र जारी, प्रमाणिकरण, श्रमिक सचेतना, श्रमिक गुनासो सुन्ने काम हुने दूतावासको सुचनामा…