अपुग कर्मचारी पनि यही आर्थिक वर्षमा पूरा हुन्छ : मन्त्री पण्डित

काठमाडौँ, १७ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीनै तहको सरकारमा आवश्यकमात्रामा अपुग कर्मचारी पनि यही आर्थिक वर्षमा पूरा हुने बताउनुभएको छ । ललितपुरस्थित आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै उहाँले समायोजन सकिएकाले नयाँ कर्मचारी भर्नाको प्रक्रिया शुरु गर्न लोकसेवा आयोगलाई निर्देशनसमेत दिइसकेको जानकारी गराउनुभयो । उहाँले अपुग कर्मचारीको भर्ना गरी अब मुलुकमा…