काठमाडौँ, १४ चैत । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले बिहीबार पनि सदनमा अवरोध जारी राखेका छन् । अवरोधका कारण बिहीबार राष्ट्रियसभाको बैठक रोकिएको हो । बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभाका अध्यक्ष नारायण दाहालले आग्रह गर्दा पनि उनीहरू बस्न मानेनन् । विपक्षीहरूले अवरोध जारी…