सरकारले ‘जेनजी’ आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह

काठमाडौँ, १२ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार 'जेनजी' आन्दोलनलाई सम्बोधन गर्न असफल रहेको निचोड निकालेको छ । आज आम जनता पार्टीको कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बसेको कार्यालय बैठकको निर्णय सार्वजनिक गर्दै जारी विज्ञप्तिमा भनिएको छ , "आगामी निकासका लागि तत्काल अन्तरिम संविधानसहित नयाँ सरकार गठन तथा 'जेनजी' प्रतिनिधि,…