काठमाण्डाै, १३ फागुन । प्रदेश ‘लोकसेवा आयोग विधेयक २०७५’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकले उक्त विधेयक सर्वसम्मत पारित गरेको हो । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । आजको बैठकमा मन्त्री ढकालले नेपाल ऐनलाई सशोधन गर्ने विधेयक, २०७५ लाई दफावार…