काठमाडौँ, ९ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा भाषा र संस्कृति नहुँदा भूगोलले मात्रै देश नरहने बताएका छन । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताउएका छन । उनले संस्कृत भाषा विश्वको सबैभन्दा पहिलो लिपिबद्ध भाषा भएको बताउदै…