देशको काँचुली फेरिन्छ, नकारात्मक प्रवृत्ति गर्ने विरुद्ध सरकारले प्रतिवाद गर्छ : प्रम ओली

काठमाडौँ, ७ फागुन । नेपाल कम्यसनिष्ट पर्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति प्रतिबिम्बित भएकाले त्यसको सरकारले कडा रुपमा प्रतिवाद गर्ने बताउनुभएको छ । आज ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना…