पर्वत, २८ माघ । आफ्नो जिल्ला तथा गण्डकी प्रदेशले नै विकास निर्माणले अझै धेरै ठूलो फड्को मार्ने विश्वासका साथ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई गृहजिल्ला पर्वतमा नागरिक अभिनन्दन गरिएको छ । सामुदायिक रेडियो दिदीबहिनीले आयोजना गरेका पर्वत सदरमुकाम कुश्माबजारमा आइतबारदेखि शुरु भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको उद्घाटनका अवसरमा उहाँलाई सम्मानपत्र, दोसल्ला, फूलमाला र खादा लगाएर आयोजक…