काठमाडौँ, २७ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वाग्मतीको पानी पिउनसक्ने बनाए मात्र अभियानको सार्थकता हुने बताएका छन । शहरी विकास मन्त्रालयको आयोजनामा शनिबार वाग्मती सरसफाइ ३००आँै हप्ताको विशेष कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले पहिलेको जस्तै वाग्मतीको पानी पिउनसक्ने बनाए मात्र अभियानको सार्थकता हुने साथै वाग्मतीलाई पुरानै स्वरुपमा बनाउनुपर्ने बताएका हुन । मन्त्री ज्ञवालीले वाग्मती सरसफाइ अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै उनले भने, ‘वाग्मतीको…